काठमडौं, ५ फागुन । मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । आज धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको शिलान्यास गरेका हुन् कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशले भर्खरै संघियताको पूर्ण रुपमा कार्यन्वयन गरेको भन्दै अव राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । उनले राजधानी बदल्ने विषय निकै गम्भिर र धेरै प्रक्रियाको विषय रहेको भन्दै यो विषयमा हतार नगर्न आग्रह समेत गरे मुख्यमन्त्री पौडेलले आफ्नो भुमिका सबैलाई सम्मान गर्ने र निरन्तर काम गर्दै जनताको विश्वास जित्ने भएको बताए । आफुले गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा कुनैपनि हालतमा पुरा गर्ने स्वभावको व्यक्ति भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ को सबै श्रोतलाई भरपुर प्रयोग गरि समृद्ध प्रदेश निर्माणको लागि प्रदेश सरकार लागि पर्ने बताए श्रोतको पहिचार र परिचालन ठिक ढंगबाट गर्नसके प्रदेश नंबर ३ को विकास चाँडै हुने भन्दै धुलिखेल नगरपालिकालाई प्रदेश नम्बर ३ को उत्कृष्ट नगर बनाउनको लागि सबैलाई लाग्न आग्रह गरे । धुलिखेल धेरै संभावना भएको नगर रहेको भन्दै उनले प्रदेश सरकारबाट पनि धुलिखेलको विकासको लागि सहयोग हुने घोषणा व्यक्त गरे कार्यक्रम धुलीखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्ज श्रेष्ठको अध्यक्षतामा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया