प्रदेश ७ का मुख्यमन्त्री भट्टको शपथ आज

काठमाडौं, ५ फागुन । ७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको आज शपथग्रहण हुँदैछ प्रदेश ७ का प्रमुख मोहनराज मल्ले शनिबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँने भएका छन् प्रदेश ७मा भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टलाई ३५ जना सांसदको समर्थन छ त्यस्तै, प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले शनिबार दिउँसो ३ बजेका लागि शपथ तय भएको जानकारी दिए प्रदेश ७ का मुख्यमन्त्री भट्टको शपथलगत्तै सरकार विस्तार गर्ने बताइए पनि अहिलेसम्म मन्त्रीको नाम टुंगो भने लागेको छैन । प्रदेशमा रहने ७ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले २ लिनेगरी भागबण्डा भइसकेको छ । तर, दुई पार्टीले भने मन्त्रीको टुंगो लागाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?