एमालेलाई चर्चित बनाउने मनमोहनको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै ओली भए भावुक

काठमाडौं, ४ फागुन– एमालेलाई उचाईमा उर्याउने तत्कालिन प्रधानमनत्री स्वर्गिय मनमोहन अधिकारीलाई सम्झिँदै एमाले अध्यक्ष केपी ओली भावुक बनेका छन् शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले मनमोहनले देखाएको बाटोमा पार्टी र सरकार दत्तचित्त भएर लागिपर्ने बताए ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने पनि स्पष्ट पारे मनमोहन अधिकारीको साधा जीवन र जनताको सेवामा लागि रहने इमान्दार प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको पनि स्मरण गरे प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा स्वर्गीय अधिकारीले नेपाल राष्ट्रका लागि असाधारण योगदान दिएको उल्लेख गरे त्यस अवसरमा उनले पुष्पलाल श्रेष्ठले नेपाल राष्ट्र र नेपाली जनताका लागि पदमा नरहेर ठूलो योगदान दिएको समेत गरे अधिकारी नेतृत्वको ९ महिने सरकारले बृद्धभत्ताको कार्यक्रम ल्याएर एमालेलाई उचाईमा पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?