एजेन्सी । संसार भर किसानहरुले आफ्नो अन्नबाली जोगाउन विभिन्न उपायहरु अपनाउनले गरेको पाइन्छ । प्रतिस्पर्धि किसानहरु र अन्य मानिसहरुले अन्नबालीमा आँखा नलगाउन भनेर गाउँघर तिरका खेतबारीको बिचभागमा बुँख्याचा बनाएर राख्ने चलन चल्दै आएको छ तर, छिमेकी मुलुक भारतका किसानहरुले भने आफ्नो अन्नबालीलाई कुदृष्टिबाट बचाउन नयाँ तरिका र अचम्मको उपाय अपनाएको पाइएको छ
खेतमा लगाएको अन्नबाली जोगाउन भारतमा एक किसानले भारतीय अभिनेत्री सन्नी लियोनीके बिकीनी लगाएको तस्विर राखेका छन् । सुन्दा अच्चम लाग्न सक्छ । तर, यो समाचार भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको बांदाकिंदिपल्ली गाउँबाट आएको हो भारतको आन्ध्र प्रदेशमा ए.चेन्चू रेड्डी नाम गरेका किसानले उक्त तस्विर राखेर आफ्नो अन्नबाली बर्बाद हुनबाट जोगाउन यस्तो उपाय अपनाएका हुन् अझ रमाइलो लाग्ने कुरा के छ भने, उनले एउटा मात्र नभई सन्नी लिओनीको बिकीनी लगाएको २ वटा ठूला फोटो प्रयोग गरेका छन् । सो फोटोमा तेलुगू भाषामा लेखिएको छ, ‘मदेखि नरिसाउनु’
किसान रेड्डीका अनुसार, धेरै वर्षदेखि उनको अन्नबाली नोक्सान हुँदै आएको थियो । उनले सो बाली जोगाउन कयौं प्रकारका उपायहरु समेत अपनाए तर केहि फाइदा भएन । उनले त्यसबाट फाइदा प्राप्त गर्न सफल भएनन् अन्नबालीमा मानिसहरुको आँखा नलगाउन भनेर उनले सन्नीको तस्विर राखेका हुन् । मानिसहरुले सन्नी लियोनीलाई मनपराउने र त्यसले गर्दा उनको अन्नबालीमा आँखा लगाउनुको साटो सन्नीलाई हेर्ने हुँदा आफ्नो अन्नबाली जोगाउन सकिने किसन रेड्डीको तर्क छ यसरी खेतबालीमा सन्नीको तस्विर राखेपछि मानिसहरुको आँखा अन्नबालीमा नगएकाले आजभोली बाली सप्रिएको रेड्डी बताए
त्यस्तै, रेड्डीले उनको साथीले भने, सन्नी लियोनीको सो फोटो अन्नाबालीमा लगाएको बताए । अब सो बाटो भएर जाने सबैले खेतमा लगाएको अन्नबालीमा भन्दा सन्नीको तस्विर हेर्ने गरेको उनले जानकारी दिए यसरी खेतमा सन्नीको तस्विर राख्नाले उनको अन्नबाली मात्र सप्रनुको साथै उनले सो क्षेत्रमा निकै चर्चा समेत कमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया