एक/दुई दिनमै माओवादी केन्द्र सरकारमा आउँछ : मन्त्री पण्डित

काठमाडौं, ४ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै माओवादी केन्द्र सरकारमा आउने बताएका छन् रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र माओवादी पनि सहभागी हुने दाबी गरेका हुन् माओवादी केन्द्रले एकताको सम्भावना तत्काललाई टरेको बताइरहँदा उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेको र छिट्टै एकता घोषणा हुने बताए मन्त्री पण्डितले आफूले भर्खरै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने बताए उनले भने, ‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन् ।’राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?