काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।
छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको उल्लेख गरेका छन्।
विज्ञप्तीमा भनिएको छ, ”जातिय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, बञ्चीतिकरण र हिंसालाई राजयले कानूनी रुपमा अन्त्य गर्दै कानूनी रुपमा निषेध गरेको छ । उनले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न सबैलाई आग्रह गर्दै, भनेका छन्, अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्दैन ।”
विज्ञप्ती हेर्नुहोस् :
-1_20200603030143.jpg)
-2_20200603030144.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया