नेपालमा थप ४५ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप ४५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या २६६ पुगेको हो ।

आजै त्रि वि शिक्षण अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । गुल्मी अस्पतालबाट ३१ वर्षीय पुरुष डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

साथै, भिम अस्पतालबाट २५ जना डिस्चार्ज भएका छन् जसमा १६ जना रुपन्देहीका रहेका छन । उनीहरु ११ देखी २१ औं दिनमा डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै, कपिलवस्तुमा ९ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण पुष्टि भएको ११ देखी २१ औं दिनमा स्वास्थ्यलाभ गरी घर फर्केका हुन् र उनीहरु १६ देखी ३६ वर्ष सम्म रहेका छन् ।

यसैगरी, धरानमा १८ जना डिस्चार्ज भएका छन् जसमध्ये १ जना सुनसरीकी ५१ वर्षीय महिला जो १२ दिनमा डिस्चार्ज भएकी हुन र झापाका १७ जना पुरुष १७ देखि ५२ वर्षसम्मका रहेका र उनीहरु कोरोना संक्रमण भएको १२ देखी १४ दिनमा डिस्चार्ज भएका छन् ।

कुल डिस्चार्ज भएका २६६ मध्ये २१२ जना पुरुष र ५४ जना महिला रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।

 

यस्तो छ डिस्चार्ज हुने २२६ जनाको प्रदेशीक विवरण: 

प्रदेश नं १ मा – ४८ जना

प्रदेश नं २ मा – १०४ जना

वाग्मती प्रदेशमा – ३० जना

गण्डकी प्रदेशमा – ३ जना

प्रदेश नं ५ मा – ७४ जना

सुदुर पश्चिम प्रदेशमा – ७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?