पोखरा, ४ फागुन । प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार शपथ लिएलगत्तै पदबहाली गरेका छन् यस्तै नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बस्नेत र सभामुख नेत्रनाथ अधिकारीले पनि पद बहाली गरेका छन् सभामुख अधिकारीले पार्दीस्थित सहिद पार्कमा पुगेर सहिदको शालिकमा माल्यार्पण गरी नदीपुरस्थित सभामुखको कार्यालयमा पुगेर पद बहाली गरेका थिए । मुख्यमन्त्री गुरुङ तथा बस्नेतले आजै पुष्पलाल स्मृति पार्कमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ मुख्यमन्त्री गुरुङले आजै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् गठनको पत्र प्राप्त भएको जानकारी गराउँदै त्यसको व्यहोरा बाचन गरेका थिए गठित मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा रामशरण बस्नेतलाई तथा अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गुरुङ स्वयंले लिएका छन् मन्त्री बस्नेतले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नवगठित मन्त्रिपरिषद्को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गर्दै ५ वर्षभित्र सबै स्थानमा बिजुली र २ वर्षभित्र पानी पुर्याउने निर्णय गरेको छ त्यस्तै ५ वर्षाभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने, प्रदेशमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया