प्रदेश ३ का मुख्यमन्त्रीलाई अष्टलक्ष्मीले दिइन् यस्तो निर्देशन

काठमाडौं, ४ फागुन । एमाले उपाध्यक्ष तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेललाई पार्टीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएकी छन् प्रदेश ३ की संयोजक समेत रहेकी शाक्यले प्रदेश कमिटिलाई उपेक्षा गरेर माथिल्ला नेताको सुझाव खोज्दै नहिड्न समेत सुझाव दिएकी छन् प्रदेश ३ मा मुख्यमन्त्रीकी दाबेदार रहेपछि उनी संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा डोरमणिसँग पराजित भएकी थिइन् प्रदेश समितिको बैठकमा बोलाएर मुख्यमन्त्री पौडेललाई आफूले प्रदेश संयोजकका हैसियतले पूर्ण सहयोग गर्ने बताएकी थिइन् जवाफमा मुख्यमन्त्री पौडेलले आफू पार्टीसँग समन्वय गरेरै काम गर्ने पक्षमा रहेको बताएका थिए सबै जिल्लाहरुबाट राय लिएर विज्ञको सुझावसहित प्रदेश सरकारको तत्कालिन र दीर्घकालिन नीति कार्यक्रम बनाइने शाक्यले जानकारी जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?