चीन र भारतले दियो ओलीलाई बधाई, मध्यरातमा मोदीको फोन

काठमाडौं, ४ फागुन– नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत र चीनको बधाई प्राप्त भएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएराती फोन गरेर ओलीलाई बधाई तथा शुभकामना दिएका छन् प्रधानमन्त्री ओलीको सचिवालयले मोदीले गएराति साढे १० बजे टेलिफोन गरेर मोदीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको जनाएको छ टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेको सचिवालयले जनाएको छटेलिफोन संवादमा प्रधामन्त्री ओलीले आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा मोदीलाई धन्यवाद दिए यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसंगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई बताएका थिए बिहिबार नै मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेको पनि ओलीको सचिवालयले जनाएको छ यसैबीच प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् ओली बिहिबार देशको ४१ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?