काठमाडौँ, ३ फागुन -चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेका छन् प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन् । भारतले भने अहिलेसम्म ओलीलाई बधाई दिएको छैन |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया