काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् बिहीबार नै ओलीले माओवादी केन्द्रसहितको समर्थनमा आफूलाई प्रधानमन्त्री बनाउनका लागि दाबी पेश गरेका थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी ओलीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि माओवादी केन्द्रको समेत समर्थनसहितको पत्र बुझाएको उल्लेख गरेका छन् बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् उनले आजै ४ बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । उनले ३० दिनभित्र संसदमा विश्वासको मत हासिल गर्नुपर्नेछ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया