काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दाबी पेश भएलगत्तै ओली प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।ओलीप्रधानमन्त्री नियुक्त भएलगत्तै आजै शीतल निवासमा ४ बजे सपथग्रहण हुनेछ बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमाले स्रोतले बताए । एमाले र माओवादीबाट एक–एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया