काठमाडौं । जुम्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
जुम्ला स्थायी घर भई हाल बारामा कार्यरत ३५ र ३६ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
यसैबीच नेपालमा आज (मंगलवार) मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
आज थपिएका कोरोना संक्रमितहरु महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना रहेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालमा संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया