काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ड्युटी सिफ्ट मिलाउनको लागि निर्देशन दिएको छ ।
पछिल्ला दिनहरुमा संक्रमित संख्या बढ्दै जानसक्ने कुरालाई मध्यनजर गर्दै मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै देशभरका सबै अस्पतालहरुमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षित र व्यवस्थित गर्न दुइ समुह बनाई काम गर्न निर्देशन दिएको हो ।
“हाल कोभिड १९ रोकथाम व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुनसक्ने हुँदा सबै अस्पतालहरुले उपलब्ध जनशक्तिहरुलाई सुरक्षित र व्यवस्थित गर्न दुइ समुह बनाई आलोपालो ड्युटी लगाई (एक टोली एक हप्ता अर्काे टोली अर्काे हप्ता गरी ) सेवा निरन्तरताको सुनिस्चितता गर्नुहुन नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/२/१२ को निर्णयअनुसार अनुरोध छ ।” विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया