काठमाडौं । प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा अतिक्रमित नेपालको भूमी समेटिएको नेपालको नयाँ नक्सासहितका लोगो राखिएको राखिएको छ ।
संघिय संसदको दुवै सदनको पोडियममा नयाँ लोगो राखिएको संसद सचिवालयले जनाएको छ ।
हिजो (सोमवार) बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले नेपालको अतिक्रमित भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गरेसँगै नयाँ लोगो प्रयोग गर्ने निर्णय गरेको थियो ।
आन प्रतिनिधिसभाको बैठक केही बेरमा (दिउँसो १ बजे) बस्दै छ । सांसदहरूको लोगो पनि नयाँ नक्सासहित छिटै परिवर्तन हुने सचिवालयले जनाएको छ ।
नयाँ नक्सा जारी भएसँगै धेरै कुरा परिवर्तन गर्नुपर्ने देखिन्छ । नेपालको निशान छापमा प्रयोग भएको नक्सामा अहिले थपिएको भाग नभएकाले संविधान संशोधन गरेर नयाँ नक्सा निशान छाप राख्ने निर्णय सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया