काठमाडौं । कोरोनाभाइरस संक्रमण पुष्टि भएका बाराका २३ जना भारतको विभिन्न सहरबाट आएको खुलेको छ ।
महागढीमाई नगरपालिकाको विभिन्न वडाका २१ जना र आर्दश कोतवाल गाँउपालिकामा २ जना गरी २३ जनामा सोमवार कोरोना पुष्टि भएको थियो ।
विभिन्न ठाँउको क्वारेन्टाइनमा रहेको अवस्थामा उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको बाराका सिडिओ रुद्रप्रसाद पण्डितले बताए ।
सबैजना भारतको बिभिन्न सहरमा रोजगारीमा रहेको र लकडाउनकै क्रममा बारा आएको सिडिओ पण्डितले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया