महोत्तरीको एकै परिवारका ३ जनाको आरडिटी पोजेटिभ

काठमाडौं । महोत्तरीमा रहेको एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जलेश्वर नगरपालिका वडा नम्बर १ बखरी स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आईतबार आरडिटी परिक्षण गर्दा खैरा गाउ भएका एकै परिवारका ५५ वर्षीय र २६ तथा १६ वर्षीय २ छोराको समेत पोजेटिभ रिपोर्ट आएको छ ।

उनीहरु गत बैशाख ९ गते भारतको दिल्लीबाट आएका थिए ।

आरडिटी परिक्षण पछि पोजेटिभ रिपोर्ट आएपछि अहिले उनीहरुलाई निगरानीका लागि जलेश्वर स्थित जिल्ला अस्पतालमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।

ढिला गरी निर्माण भईरहेको कोरोना विशेष अस्पतालमा संक्रमित आएपछि अस्पतालमा कार्यरत्त चिकित्सकहरु समेत त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?