भारतद्वारा नेपाली चिया निर्यातमा रोक

काठमाडौं । भारतले नेपाली चियामा रोक लगाएको छ । अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट हुने समझदारी भए पनि भारतले नेपालमा उत्पादित चियामा रोक लगाएको हो । उक्त रोक दुई पक्षीय सम्झौता विपरित हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस सम्बन्धमा पहल गर्न परराष्ट्रमन्त्रालयलाई पत्र समेत काटेको छ ।

पत्रमा लेखिएको छ : 

‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भइ आएको छ’, पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयामत भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर)को मिति २०७७र२र१ को निर्णयअनुसार अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?