कोरोनाको कारण विश्वभर १ सय १७ जना नेपालीको मृत्यु, कहाँ कति संक्रमित ? (सूचीसहित)

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर १ सय १७ जना नेपालीको मृत्यु भएको छ । नेपालमा ३ जनाको मृत्यु भएको छ । तिव्र रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपाली १ सय १७ पुगेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । यस साता मात्रै थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। विश्वका सबै देशमा फैलिएको यो संक्रमणबाट बच्न लकडाउन लगायतका नीति लिईएतापनि एकबाट दोस्रोमा सजिलै सर्ने भाइरसको कारण ज्यान गुमाउनेहरु बढीरहेका छन् ।

एनआरएनका अनुसार यो साता संयुक्त अरब इमिरेट्समा नौ जना
साउदी अरबमा पाँच जना
बेलायतमा दुई जना र नेपालमा दुई जना
संयुक्त राज्य अमेरिकाका एक जना
कतारमा एक जना
र कुवेतमा एकजना नेपालीको निधन भएको हो।

एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ।
त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।

यसैगरी साउदी अरबमा सातजना
नेपालमा तीनजना, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एक एक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
मृत्यु हुनेमा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको जनाइएको छ।
स्वास्थ्य समितिको तथ्यांकनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन्। ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन्। बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन।

संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्। तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ। अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ।

संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए। अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ।

स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमा, रोमानिया र फ्रान्समा एक नेपालीलाई कोरोना संक्रमण भएको छ। यस साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो।

चीनबाट शुरु भएको कोरोना भाइरसविरुद्ध लड्न एनआरएनएले अध्यक्ष कुमार पन्तका संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो । संस्थाले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमिति गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए।

डा शर्माका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा दुई हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ । संस्थाले शनिबार साँझसम्म ४० हजाभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरेको छ भने संस्थाबाट ६२ हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । संस्थाले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिबाट रु आठ करोड संकलन गरिएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । संस्थाले यसअघि १० देशका नेपालीलाई राहतस्वरुप आर्थिक सहयोग गरेका थियो। रासस

नेपालमा हिजो एकैदिन ६८ जना थपिए :
बिहान र बेलुका गरी हिजो  नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । । सेती प्रादेशिक अस्पताल, कोशी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दिउँसो ३६ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा बैतडीका ४ जना रहेका छन् । सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा २० वर्षका २ जना पुरुष, २२ र २७ वर्षका अन्य २ जना पुरुष रहेका छन् ।

बैतडी शिवनाथका ४ जनामा आरडिटी पोजेटिभ देखिएर उपचाररत उनीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै अर्का झापाका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार उनी झापाको झापा गाउँपालिकाका बासिन्दा हुन् भने कोसी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बर्दियाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको बदैयाताल निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुर्खेतका २ महिला र १ पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाँकेमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नरैनापुर मदरासाका १७ देखि ३२ वर्ष उमेरसमुहका ६ जना पुरुष रहेका छन् ।

त्यस्तै बाँके नरैनापुर गाउँपालिका ९३० को राष्ट्रिय प्रावि गोगलीको क्वारेन्टाइनमा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु १६ देखि ३२ वर्ष उमेरसमुहका रहेका छन् ।

त्यस्तै बाँके नरैनापुर १ को राष्ट्रिय प्रावि महाननियामा गरिएको परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २२ देखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ सय ८४ पुगेको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४१ जिल्लाहरूको विवरणः

पर्सा ९१
रुपन्देही ३७
उदयपुर ३३
कपिलवस्तु ७७
बाँके १४२
काठमाडौं १३
धादिङ २
कैलाली ७
बारा ११
धनुषा ९
रौतहट २२
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ३
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २
सर्लाही ३२
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ५
धनकुटा ७
गुल्मी १
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
जम्मा ५८४

कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु, जनस्वास्थ्यविद् डा. पाण्डे भन्छन् : 

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले विभिन्न टिप्सहरु आफ्नो सामाजिक सञ्जालबाट बाँडिरहन्छन् । यसैबीच उनले सामाजिक सञ्जालमार्फत् प्रस्तुत गरेको महत्वपूर्ण टिप्स यहाँ प्रस्तुत गरीन्छ ।  

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु |
.
– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन | कोरोना श्वासप्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ | तर सबैलाई सर्दैन | नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो |

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन | कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे / झिंगाको टोकाइबाट सर्दैन |

– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ | कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ |

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ |

– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ | त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून : प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ |

– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन | कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ | यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ | अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन |

– कोरोना भाइरस हावाबाट सर्दैन | ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ |

– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ | साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ | त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ |

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ | अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ | संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन |

– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन | धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ | तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ | टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ | जसले थप तनाब उत्पन्न हुन्छ |

– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ | त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ |

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ | कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो | १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन | एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन | कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ | त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ |

– बालबालिका जोखिम बर्गमा पर्दैनन् | तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन |

– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन | हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ | त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ |

– कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन | अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ | आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ % संक्रमितलाई निको हुन्छ | लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ |

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | ८५ % संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ | मृत्युदर जम्मा ३ % हुन्छ |

– कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन | सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ |

– संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २-३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ |

– कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ | तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ |

– हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन | साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ |

– नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा PCR Test गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो | दोस्रो केसको हकमा पनि सुरुमा test गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल / सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो |

– संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं | चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ | यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् |

 

वैज्ञानिकहरुको नयाँ खुलासा :  कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

तातो पानी औषधि बन्न सक्दछ

फ्याटको लेयर घोलिएपछि प्रोटिन मलिक्युल नष्ट भएर जान्छ । भाइरस हिट भएपछि पनि नष्ट हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

त्यसैले तातो पानीले नुहाउनु, कपडा धुनु, अत्याधिक फाइदाजनक साबित हुन्छ ।

मेडिकेटेड अल्कोहल र स्यानिटाइजर महत्वपूर्ण

मेडिकेटेड अल्कोहल बाट बनाइएको केहि द्रवले कुनै पनि प्रकारको फ्याटलाई गलाउँदछ । विशेष गरि यसले भाइरसको बाहिरी लिपिडलाई गलाउन सक्षम हुन्छ ।

त्यो बाहेक एक भाग ब्लीच र पाँच भाग पानीबाट बनेको मिक्सचर प्रोटिनले लेयरलाई छिटै गलाउने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

कपडा लगाउनु भन्दा पहिला सावधानी अपनाउँ !

हामी नयाँ कपडा देख्नासथ कस्तो छ ? सुहाउँछ कि सुहाउँदैन भनेर कपडा चेक गर्न हतार गर्छाैं । तर यस्तो गर्नाले धेरै नोक्सान हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कपडाको कुनै पनि भागमा भाइरसको संक्रमणहरु आएर बसेका हुन्छन् । कपडामा ३ घण्टासम्म भाइरस रहने भएकोले नयाँ कपडा छ भन्दैमा हतार गरेर नलगाउन वैज्ञानिकहरुले सुझाएका छन् ।

नयाँ कपडाहरु किनेर ल्यापछि पनि त्यसलाई झड्काल्न नहुने वैज्ञानिकहरुले बताएका छन् । किनभने कपडामा रहेको भाइरस झट्काल्दा हावामा फैलिने भएकोले नझड्काल्न वैज्ञानिकहरुले अर्ति दिएका छन् ।

त्यसरी झड्काल्दा भाइरस बाहिर निस्किएर जो कोहिलाई पनि आफ्नो शिकार बनाउन सक्ने वैज्ञानिकहरुले बताएका हुन् ।

यी सामानमा यति समयसम्म रहन सक्छ भाइरस

धातुहरुमा कोरोना भाइरस मात्र ४ घण्टासम्म सक्रिय रहने अनुसन्धानबाट पत्ता लागेको छ । किनभने धातुमा पानीको मात्रा ४ घण्टामा सुकिसकेको हुन्छ ।

कार्डबोर्डमा कोरोना २४ घण्टासम्म सक्रिय रहन्छ भने मेटल मा ४२ घण्टासम्म भाइरस सक्रिय रहन्छ । त्यस्तै प्लाष्टिकमा कोरोना भाइरस ७२ घण्टासम्म सक्रिय रहने शोधबाट पत्ता लागेको छ ।

भाइरसको प्रोटिन

रिसर्चबाट पत्ता लागेको छ कि, भाइरसको मलिक्युल चीसो वातावरणमा धेरै समयसम्म सक्रिय रहन्छ ।

त्यो बाहेक घर तथा कारमा लगाइएका एयर कण्डिसनमा पनि भाइरस धेरै समयसम्म सक्रिय रहने शोधकर्ताहरुको दाबी छ । धेरैजसो यो भाइरस अध्याँरोमा सक्रिय रहने वैज्ञानिकहरुले बताएका छन् ।

त्यस्तै सुक्खा,गर्मी, तातो र प्रकाश भएको माहोलमा कोरोना भाइरस आफैँ नष्ट भएर जाने शोधकर्ताहरुले बताएका छन् । कुनै पनि वस्तुमा युवी लाइटले यस भाइरसको प्रोटिन नष्ट भएर जाने वैज्ञानिकहरु बताउँछन् ।

यो भाइरस स्वस्थ स्क्रिनमा नलाग्ने वैज्ञानिकहरुले बताएका छन् । किनभने भाइरसले स्वस्थ व्यक्तिको शरीरको फ्याटको सुरक्षात्मकतालाई तोड्न सक्दैन ।

भोड्का वा वियरले भाइरसमा केहि असर गर्दैन तर ‘लिस्टरिन’ले काम गर्छ

वियर तथा भोड्काले भाइरसको सक्रियतालाई केहि असर नगर्ने वैज्ञानिकहरुले बताएका छन् । किनभने भोड्कामा जम्मा ४० प्रतिशत मात्र अल्कोहल हुन्छ । तर भाइरस नष्ट गर्नको लागि ६५ प्रतिशत अल्कोहलको आवश्यक पर्दछ । वियर र भोड्का भन्दा राम्रो र भाइरसलाई मार्न सक्ने क्षमता लिस्टरिनमा भएको वैज्ञानिकहरु बताउँछन् ।

किनभने लिस्टरिनमा ६५ प्रतिशत भन्दा माथि अल्कोहल हुन्छ । वैज्ञानिकहरका अनुसार जति बन्द ठाउँ हुन्छ त्यति नै धेरै भाइरस फैलिन्छ । तर जति उज्यालो र प्राकृतिक रुपमा हावा लाग्ने ठाउँ हुन्छ त्यति नै भाइरसको असर कम हुने वैज्ञानिकहरुले बताएका छन् ।

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ? के भन्छन् चिकित्सक ?

कोरोना भाइरसको प्रकोप तीव्र गतिमा बढी नै रहेको छ । मानिसहरुले कोरोना भाइरसलाई लिएर बिभिन्न सवालहरु खडा गरेका छन् ।

सबै जना मानिसहरु कोरोना भाइरस कपडामा कति समय सक्रिय रहन्छ ? निर्जीव वस्तु छुँदा कोरोना भाइरस फैलिन्छ कि, फैलिदैन भन्ने प्रश्नहरु गर्न थालेका छन् ।

वास्तविकता र सत्य के हो त ? आउनुहोस् यस बारेमा जानीराखौँ ।

कोरोना भाइरस कपडामा कति समयसम्म सक्रिय रहन्छ ? के निर्जीव वस्तु छुँदा कोरोना फैलिन्छ ?

मेडिकल कन्ट्रीब्युटर डा.निकोल स्याफियरले एक अध्ययनका अनुसार कुनै पनि कार्डबोर्डमा यो भाइरस २४ घण्टासम्म सक्रिय रहने बताएका छन् ।

त्यस्तै कपडा जस्तो नरम सतहमा कोरोना भाइरस अत्याधिक लामो समयसम्म सक्रिय रहन्छ ।

उनले भने, ‘हामीसँग वास्तवमा निर्जीव वस्तुहरु छोएर संक्रमित भएको कुनै डेटा छैन, तर हामी सबैलाई आफ्नो स्वास्थ्य सुरक्षामा लागि पर्न तत्पर लाग्नुपर्नेमा अनुरोध गर्दछौँ ।’

कोरोना भाइरस कागजहरुमा २४ घण्टासम्म अर्थात १ दिनसम्म जीवित रहन्छ भने प्लाष्टिकमा ३ तथा स्टीलमा २ दिनसम्म सक्रिय रहन्छ । साथै तामामा भने जम्मा ४ घण्टासम्म भाइरस जीवित रहन्छ ।

कोरोना भाइरसको प्रकोप अत्याधिक फैलिरहेको छ । डा.निकोल भन्छन्, यस बेलामा जब म घर फर्किन्छु, तब आफूले लगाएको कपडा चेन्ज गरेर धुन्छु, आफू नुहाउँछु र मात्र घरभित्र पस्छु । त्यसैले तपाई पनि कतै बाहिर जानु भएको छ भने कोरोना भाइरसको प्रकोपबाट बच्न यो तरिका अपनाउनु होला

मलाई थाहा छ कि, यस्तो काम धेरै पटक गर्न सहज त पक्कै छैन, तर आफूलाई जीवित राख्न पनि यो काम गर्नै पर्दछ ।

सावधानी अपनाउँदै यसरी सबै आ-आफ्नो क्षेत्रबाट लागि पर्ने हो भने कोरोनालाई हराउन सकिन्छ ।

किन बनेन कोरोना भाइरसबाट बच्ने औषधि ?  यसरी बचौँ  

अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस कोभिड १९ बाट संक्रमित १ हजार जनामा ५ देखि ४० जनाको मृत्यु हुनसक्छ । अर्थात् मृत्युदर १ देखि ४ प्रतिशतसम्म छ । तर, यो दरलाई विभिन्न कुराहरुले फरक पार्छन् जस्तै : उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र देशको स्वास्थ्य प्रणाली, व्यवस्थापन पद्धति ।

यो मृत्युदर पत्ता लगाउनै मुस्किल…

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या यति भनेर सञ्चार माध्यमहरुमा छ्याप्छ्याप्ती आएपनि यसको यकिन अंक निकाल्न अत्यन्तै कठिन भएको बताउँछन् अनुसन्धानकर्ताहरु ।

संक्रमित सङ्ख्याको गणना त सही तरिकाले हुन गाह्रो छ भने मृत्यु सङ्ख्या नै घटाउने काम चाहिँ फलामकै चिउरा चपाउनु सरह भएको अनुसन्धानकर्ताहरुको भनाइ हो ।

सामान्य लक्षण देखापर्ना साथ स्वास्थ्य जाँच गराउने बानी नभएकाले पनि प्रारम्भिक चरणमा कोरोना भाइरसको पहिचान गर्न कठिन हुने बताउँछन् उनीहरु ।

विभिन्न देशहरुमा प्रारम्भिक चरणको संक्रमण पत्ता नलाग्नाले पनि मृत्यु सङ्ख्यामा कमी ल्याउन कठिन भएको छ, चिकित्सकहरुलाई ।

मृत्यु हुनु/नहुनुमा के कुराले फरक पार्छ ?

कोरोना भाइरसबाट संक्रमित भइसकेका केही व्यक्तिहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ जस्तै : वृद्धवृद्धा, अस्वस्थ्य र सम्भवतः पुरुष ।
चीनका पहिला ४४ हजार जना कोरोना भाइरसबाट संक्रमितहरुमा गरिएको अनुसन्धान अनुसार वृद्धवृद्धाको मृत्यु दर अधवैंशे वा युवाहरु भन्दा १० गुणाले बढी थियो ।

३० वर्षभन्दा मुनिका व्यक्तिहरुको मृत्युदर अत्यन्तै न्यून थियो : ४५ सय जना मृत्यु भएकामध्ये ८ जना मात्र ३० वर्षभन्दा मुनिका थिए ।
र, मधुमेह, मुटुका रोगी, उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धि समस्या भएकाहरुमा मृत्युको सम्भावना ५ गुणा बढी थियो ।
महिलाको तुलनामा मृत्यु हुने पुरुषहरुको सङ्ख्या तुलनात्मक रुपमा बढी थियो ।

कोरोना भाइरसका केही लक्षण

कोरोना भाइरसका लक्षण प्राय रुघाखोकी र मौसमी ज्वरोसँग मिल्दोजुल्दो भएकाले अधिकांशले यसलाई सामान्य रुपमा लिन्छन् र नजरअन्दाज गरिदिन्छन् ।

टाउको दुख्ने

खोकी

सास फेर्न गाह्रो

मांसपेशीमा दुखाई

ज्वरो

शुरुमा ज्वरो त्यसपछि सुख्खा खोकी, एक हप्तापछि सास फेर्न कठिनाइ आदि ।

विश्व स्वास्थ्य संगठनका अनुसार यी लक्षणहरु देखापर्नासाथ स्वास्थ्य चौकी वा अस्पतालमा जाँच गराइहाल्नुपर्दछ । हुनसक्छ यी सामान्य रुघाखोकी वा मौसमी ज्वरोका लक्षण हुन् तर यस भयावह अवस्थामा भने सामान्य भन्दा सामान्य लक्षणसँग पनि सावधान रहनु उपयुक्त हुन्छ ।

संक्रमण हुनबाट कसरी बच्ने

व्यक्तिगत सुरक्षाका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट सावधानी अपनाउन सक्छन् । जस्तै :

– पटकपटक साबुन पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने

– खोक्दा वा हाँछ्यू गर्दा डिस्पोजेबल टिस्यु पेपरको प्रयोग

– प्रयोग भइसकेका टिस्यु पेपर फालेर हात धुने

– टिस्यु पेपर नभएको अवस्थामा पाखुराले मुख छोप्ने

– सार्वजनिक स्थलबाट फर्किएपछि हात नधोइ आँखा, नाक, मुखतिर नछुने

– संक्रमितको सम्पर्कमा नरहने

– अनिवार्य मास्कको प्रयोग

– सभा समारोह तथा भेलाहरुमा उपस्थित नहुने

कस्तो मास्कको प्रयोग ?

कोरोना भाइरसको प्रकोपबाट सारा विश्व त्रसित छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले पनि यसको प्रभाव अत्याधिक छिटो र धेरैजनामा परेको हो । यस अवस्थामा भाइरसबाट बच्ने सबैभन्दा सरल उपाय के हो त ? चिकित्सक तथा अनुसन्धानकर्ताहरु सुझाउँछन् : मास्क ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निष्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।
यसले :

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

ससाना कणहरुबाट बचाउन सक्दैन ।

यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

कोरोना भाइरसको गम्भीर मामिलामा निमोनिया, सास फेर्न नसक्ने, किड्नी फेल र मृत्युसम्म हुनसक्छ ।

कोरोना भाइरसको संक्रमण देखिएमा के गर्ने ?

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन तर, संक्रमित व्यक्तिलाई लक्षणको असर कम गर्ने औषधि दिइन्छ । लक्षण देखापरेका व्यक्ति जबसम्म पूर्ण रुपमा ठीक हुँदैनन् तबसम्म अरु व्यक्तिभन्दा टाढै बस्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको उपचारका निमित्त खोप विकास गर्नलाई द्रूत गतिमा काम भइरहेको छ । अनुसन्धानकर्ताहरुले मानिसमा यसको परिक्षण गर्ने तयारी गरिरहेका छन् । साथै विभिन्न अस्पतालमा कोरोना भाइरसको एन्टी भाइरल औषधि बनाउने र परिक्षण गर्ने काम समानान्तर रुपमा जारी छ ।

डब्ल्यूएचओले पहिल्यै भनेको थियो सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक देशसँग छुट्टै तरिका हुनुपर्छ 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व अन्चार्टर्ड टेरटरी अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ बताएका छन् ।

 

डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले गत वर्षको फागुन २० गते नै कोरोना भाइरस अद्वितीय भएको तर उपयुक्त उपाय अवलम्बन गरेर मात्रै त्यसलाई नियन्त्रण गर्न सकिने बताएका थिए । उनले प्रत्येक देशसँग छुट्टै नीति हुनुपर्ने पनि बताएका थिए ।

तत्काल रोकथाम नभए विश्वका साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने
हङकङका पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर गेब्रियल लेउले ३ महिनाअघि कोरोना भाइरसको तत्कालै रोकथाम नभए विश्वभरिबाट साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने बताएका थिए । यस भाइरसबाट हुने मृत्युदर १ प्रतिशतमा घट्दा पनि यति ठूलो मानवीय क्षति हुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?