काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर २२ प्यूखामा सडकछेउको एक घरमा आगलागी भएको छ ।
प्यूखाको व्यापारिक घरमा लागेको आगोलागीको एकिन कारण थाहा नभएपनि स्थानीयले अव्यवस्थित तार सर्ट भएर आगलागी भएको बताएका छन् ।
अहिले आगो नियन्त्रणमा आएको महानगरिय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिल जंग शाहले लोकपथलाई जानकारी दिए ।
अग्नी नियन्त्रकहरु घटनास्थलमा आगो निभाईरहेका छन् ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आईसकेको छैन । तर सडकछेउको व्यापारीक घरमा लागेको आगोलागीका कारण ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया