काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्वघोषित स्वयं सेवाका नाममा सडकमा कसैमाथि पनि गरिने गुण्डागर्दी र अपमान निन्दनीय रहेको बताएका छन् ।
काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको चन्द्रागिरिका उत्तम कार्कीले दुर्व्यवहार गरेका थिए ।
उक्त घटनाप्रति सामाजिक सञ्जालमा लेख्दै नेता केसीले डा.माथिको व्यवहारले प्रहरी,राज्यसत्ताका अधिकार र कानुन नेकपा पार्टी र यसका भिजिलान्तेहरुमा हस्तान्तरण को प्रक्रियाको संज्ञा दिंदै एकदलीय कम्युनिस्ट शासन लागू भएको आरोप लगाएका छन् । उनले भने, “नागढुंगामा डा.माथिको व्यवहारले प्रहरी,राज्यसत्ताका अधिकार र कानुन नेकपा पार्टी र यसका भिजिलान्तेहरुमा हस्तान्तरण को प्रक्रिया हो। योनै एकदलीय कम्युनिस्ट शासनको प्रारूप हो।”
यद्यपी प्रहरीमाथि हातपात गर्ने युवा आइतवार दिउसो पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया