काठमाडौं । बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोजेपछि स्थिती सामान्य बनाउन प्रहरीले हवाइ फायरसमेत गरेको छ ।
नेपाल प्रवेश गर्न खोज्ने भारतको बिहार राज्यका हनुमाननगर गाउँका उनीहरु दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका थिए । सीमानामा प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि नै हातपात र ढुंगामुढासमेत गरेका थिए ।
सीमानामा रहेका सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि त्यहाँका स्थानियहरुले समेत प्रतिकार गरेका थिए। साथै स्थिती केही सामान्य भएपछि दुबै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेपछि भारतीय नागरिक घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया