विशाखापट्टनममा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, मोदीले बोलाए आकस्मीक बैठक

काठमाडौं । आन्ध्र प्रदेशको विशाखापट्टनममा बिहीवार एक रासायनिक संयन्त्रबाट ग्यास लिक हुँदा १ बच्चा सहति ६ जनाको मृत्यु भएको छ । १०० जना भन्दा धेरै अस्पतालमा धर्ना भएका छन् । तर अपुष्ट रिपोर्टमा भने ८ जनाको मृत्यु भएको बताइएको छ ।

केन्द्रिय गृहमन्त्री अमित शाहले विशाखापट्टनममा भएको घटना दुखद भएको बताएका छन् ।

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशाखापट्टनममा भएको घटनालाई लिएर राष्ट्रिय आपत्कालीन प्रबन्धन (एनडीएमए) को बैठक बोलाएका छन् ।

यो घटना गोपालपट्टनममा भएको बताइएको छ । त्यहाँका मानिसहरु आँखा पोल्ने, श्वास लिन समस्या र शरीरको छाला रातो बन्न थालेको समस्या बताएका छन् । सरकारले भिजाएको कपडा प्रयोग गर्न स्थानीयलाई सुझाएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?