सेनाको मेडिकल कलेजद्वारा आठ लाख बढी शुल्क तिर्न विद्यार्थीलाई ताकेता

व्यापारीकरणको आरोप लागेका निजी शैक्षिक संस्थाले पनि मानवीयता देखाउँदै लकडाउनमा शुल्क नमागिरहेका वेला सेनाको मेडिकल कलेजले भने एमबिबिएसका विद्यार्थीलाई वैशाख मसान्तभित्र भुक्तानी गर्न ताकेता गरेको छ, त्यो पनि सरकारले तोकेभन्दा करिब आठ लाख अतिरिक्त । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, चिकित्साशास्त्र महाविद्यालयले बुधबार पूर्वनिर्धारित ‘स्ट्रक्चर’अनुसार भुक्तानी गर्नुपर्ने रकम वैशाख मसान्तभित्र भुक्तानी गर्न विद्यार्थीलाई ताकेता गरेको हो ।

प्राचार्य सहायकरथी डा. अरुण शर्माले विद्यार्थीलाई पठाएको सूचनामा लक्ष्मी बैंकको खाता नम्बर उपलब्ध गराएर रकम जम्मा गरेको बैंक भौचर इमेलबाट पठाउन भनिएको छ । लकडाउनको समयमा गरिएको ताकेताले अभिभावक र विद्यार्थी भने चिन्तित बनेका छन् । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?