काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका विशेषगरी महिला श्रमिकहरु तथा दैनिक ज्यालादारी र मजदुरी गर्ने श्रमिकहरुको सहायताका लागि नेपाल महिला संघ जुट्दै भएको छ ।
लकडाउनका कारण रोजगारी नहुँदा दैनिक मजदुरी गरेर छाक टार्नेहरु घर जान सक्ने अवस्थामा पनि नरहदा र यो अवस्था अझ लम्बीरहदा उनीहरु भोकै रहने खतरा बढेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले उनीहरुको लागि अभियान संचालन गर्ने निर्णय गरेको हो ।
महिला संघ काठमाडौ जिल्ला समितिको संयोजनमा ७७ वटै जिल्लाका महिला नेतृहरु सहभागी भिडियो कन्फ्ररेन्सले कोरोना संक्रमणका कारण दैनिक ज्यालादारीमा निर्भर विशेषगरी महिला मजदूर र तिनका परिवार तथा विपन्न समूदाय, अपाङगलगायतलाई सहायता गर्ने निर्णय गरेको र यसका लागि अभियान नै शुरु गरिएको नेपाल महिला संघ सिन्धुपाल्चोककी सभापति गीता नेपालले जानकारी दिइन ।
‘सरकार तथा विभिन्न मनकारीहरुले राहत वितरण गरिरहेकोमा हामी त्यसप्रति धन्यवाद ज्ञापन गर्छौ, तर सबैमाझ त्यो सहयोग पुग्न नसकेको र पुगेपनि लकडाउन अनिश्चित बनिरहदा त्यो पर्याप्त नभएको देखिएकाले संघ अघि सरेको जानकारी गराउछौ’ नेपालले बताइन ।
संघले पहिलो चरणमा काठमाडौमा रहेका दैनिक ज्यालादारीमा निर्भर मजदूर परिवार, विपन्न समूदाय, अपाङग, महिलालगायतलाई राहत सहयोग उपलब्ध गराउने र त्यसलगत्तै देशभर यो कार्य गर्ने जानकारी दिदै राहत सहायता आवश्यक भएकाहरुलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
सम्पर्क व्यक्ति
– बिष्णु देवि पुडासैनी (नेपाल महिला संघ सभापती काठमाडौं )– ९८४१४१४४२५
– गीता नेपाल (नेपाल महिला संघ सभापति सिन्धुपाल्चोक) – ९८५११७९८७०
– राज्य लक्ष्मी श्रेष्ठ (पुर्व सभासद) – ९८५१२३७७६७
– गोमा केसी (पुर्व नेका जिल्ला सभापति ,ओखलढुंगा) – ९८५१०४६७९९
– कुशुम थापा (नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष) – ९४१३२९३१
– सरस्वती ढुंगाना (नेपाल ट्रेडयुिनयन कांग्रेस, केन्द्रिय सदस्य) – ९८५११८९७९७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया