काठमाडौं । नेपालमा २ महिनाका शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको छ । आज थपिएका १७ जना संक्रमित मध्ये उनी एक हुन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पर्साका २ महिनाका शिशु सहित १७ जनामा परिक्षण क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा संक्रमितको संख्या ९९ पुगेको छ ।
आज पुष्टि भएका १७ जना संक्रमित सबै पर्साका हुन् । तिमध्ये १० पुरुष र ७ महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यसैबीच संक्रमित मध्ये २२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५८ हजार ९६२ जनाको मृत्यु भएको छ भने ३७ लाख ४७ हजार ३१३ जनालाई संक्रमण भएको छ । ति मध्ये १२ लाख ५० हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यस अगाडि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभयो त ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
पर्साका १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ९९ पुगे संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया