एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु छ ।

कैलालीको गौरीगंगा नगरपालिका-९ स्थित सडकमा से-१च १८२८ नम्बरको एम्बुलेन्सले म-२ प ५३०३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका-८ घर भएका ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?