औषधि नपाएर एकल महिलाको मृत्यु

काठमाडौं । एकल महिलाको नियमित सेवन गर्ने औषधि नपाएर मृत्यु भएको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिका-१ धलौन घर भएकी ४७ वर्षीया दिर्घरोगी कंकादेवी बोहराको नियमित सेवन गर्ने औषधि नपाएर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि स्थानियहरुले उनलाइ जिल्ला अस्पताल लगेका थिए । लामो समयसम्म सरकारले गरेको लकडाउनका कारण उनले काठमाडौबाट औषधि ल्याउन सकेको थिएन । मुटुको भल्वमा समस्या भएकी महिलाको नियमित खाने औषधि नपाएर सोमबार मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर संन्दिप ओखेडाले बताए ।

आफन्तको सहयोगमा बर्षौदेखि काठमाडौंबाट औषधि ल्याएर सेवन गर्दै आएकी थिइन स्थानिय सुरेन्द्र बोहोराले भने औषधि सकिएको रहेछ, जिल्लामा त्यो औषधि पाइदैन लकडाउनले गर्दा काठमाडौंबाट औषधि मगाउन नसकेर अकालमा नै ज्यान गुमाउनु परेको हो ।

लामो समय देखि मुटुको समस्या झेल्दै आएकी बोहराको काठमाडौंमा उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए । आर्थिक अभावका कारण त्यत्तिबेला उनको अप्रेसन सफल नभएको जनाएको छ ।

लगत्तै श्रीमानको मृत्यु भएपछि झन समस्यामा परेकी बोहराले एकल महिला भत्ताले दैनिक गुजारा गरिरहेकी थिइन ।

सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकी बोहराको मुटुमा समस्यामा कारण ५ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएकी थिइन् । नियमित खाने गरेको औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको स्थानियको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?