काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ४८ हजार २९१ जनाको मृत्यु भएको छ भने ३५ लाख ६६ हजार ४३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ५४ हजार ५४८ जना उपचार पछि निको भएका छन् भने ५० हजार ४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६८ हजार ५९८ जनाको मृत्यु भईसकेको छ भने ११ लाख ८८ हजार १२२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार १३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २५ हजार २६४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४७ हजार १२२ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ३८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ८८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १० हजार ७१७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीको कारण २८ हजार ४४६ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ५९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ८९५ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ६९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६हजार ८६६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ६६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण १ हजार २८० जनाको मृत्यु भएको छ भने १ लाख ३४ ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ३९७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार ४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश चीनमा आज ३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगे चीनमा ८२ हजार ८८० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण ३ हजार ६८२ जनाको मृत्यु भएको छ भने ५९ हजार ४७४ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण आजसम्म ७ हजार ८४४ जनाको मृत्यु भईसकेको छ भने ४९ हजार ९०६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पेरुमा १ हजार २८६ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ९२८ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा १ हजार ३९१ जनाको मृत्यु भएको छ भने ४२ हजार ५३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५६ जनाको मृत्यु भएको छ भने ४० हजार ५७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विटजरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७६२ जनाको मृत्यु भएको छ भने २९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण १ हजार ५६४ जनाको मृत्यु भएको छ भने २९ हजार ५३८ जनालाई संक्रमण भएको छ । त्यस्तै पोर्चुगलमा १ हजार ४३ जनाको मृत्यु भएको छ भने २१ हजार ५०६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा २३ हजार ४७१ जनालाई संक्रमण भएको छ भने २ हजार १५४ जनाको मृत्यु भएको छ । त्यहाँ आज मात्रै १ हजार ३८३ जनालाई संक्रमण भएको छ भने ९३ जनाको आज मात्रै मृत्यु भईसकेको छ ।
त्यस्तै स्विडेनमा २ हजार ६७९ जनाको मृत्यु भएको छ भने २२ हजार ३१७ जनालाई संक्रमण भएको छ । त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ३०३ जनाको मृत्यु भएको छ भने २१ हजार ५०६ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया