पौने दुई करोड धरौटी रकम बुझाएर साहुकार रामबाबु यादव रिहा

सर्लाही बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादव रिहा भएका छन् । अदालतमा एक करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएपछि उनी आइतबार हिरासतमुक्त भएका हुन् । अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए । १५ लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो ।

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?