चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ।
हरेक दिन पढ्न जाने विद्यार्थी तथा निजी र सरकारी कार्यालयका कर्मचारीहरुलाई भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ ।
हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ । कक्षाकोठाभित्र छिर्नुअघि उनीहरुको स्वाव परीक्षण गरिन्छ ।
त्यसपछि रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षाकोठाभित्र छिर्न दिने गरिएको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया