काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हालसम्म २ लाख ३७ हजार ४ सय ७९ जना मानिसका ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ३३ लाख ६४ हजार २ सय ५३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण ५० हजार भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ । त्यस्तै १० लाख ६९ भन्दा बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण टर्कीमा देखिएको छ । टर्कीमा हालसम्म १ लाख २२ हजार जनामा कोरोनाको संक्रमण देखिँदा ३ हजार २५८ जनाको मृत्यु भएको छ ।
यस्तै आजमात्रै २ हजार १८८ जनामा नयाँ संक्रमण देखिँदा थप ८४ जनाको मृत्यु पनि भएको छ ।
टर्कीपछि इरानमा ६ हजार ९१ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा एकैदिन शुक्रबार कोरोनाका १८० बिरामी थपिएका छन् । योसहित भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ जना पुगेको छ । हालसम्म भारतमा कोरोनाबाट ११ सय ५४ जनाको मृत्यु हुँदा बितको २४ घण्टामा भने कसैको मृत्यु भएको छैन ।
हालसम्म भारतमा ९ हजार ६८ जना निको हुँदा अहिले पनि साढे २५ हजारको उपचार भइरहेको छ । जसमा ६५१ जनाको अवस्था गम्भीर छ ।
विश्वभर कोरोना भाइरसको कारण शुक्रबार एकैदिन ३६ सय बढीको ज्यान गएको छ । वल्डोमिटरले जनाएअनुसार बितेको २४ घण्टामा ३ हजार ६१६ जनाले ज्यान गुमाएका हुन् ।
यस्तै कुल संक्रमितको संख्या ३३ लाख ६३ हजार ९०३ पुगेको छ भने कुल मृतकको संख्या २ लाख ३७ हजार नाघेको छ ।
भाइरसबाट सबैभन्दा बढी अमेरिकामा ६४ हजार बढीको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म २८ हजार २ सय ३६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म २ लाख ७ हजार ४ सय २८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण हुने क्रम अझै रोकिएको छैन । चीनमा भाइरसको संक्रमण नभएको भन्दै अवस्था सामान्य भएको बताइएपनि संक्रमणको छिटफुट केस भने बाहिरिएका छन् ।
शुक्रबार चीनमा कोरोनाा संक्रमणको १२ नयाँ बिरामी फेला परेको वर्ल्डोमिटरले जनाएको छ ।
हाल चीनमा ५९९ जना संक्रमित रहेको र त्यसमा ३८ जना गम्भीर रहेको जनाइएको छ । हालसम्म चीनमा ८७ हजार जनामा कोरोनाको संक्रमण देखिएकोमा ७७ हजार निको भएका छन् । यस्तै ४ हजार ६३३ को मृत्यु भएको छ। चीनको उहानबाटै कोरोनाको संक्रमण फैलिएको विश्वास गरिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर फ्रान्समा बितेको २४ घण्टामा देखिएको छैन् । हालसम्म फ्रान्समा कोरोनाको कारण २४ हजार ३ सय ७६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ६७ हजार १ सय ७८ जना मानिसमा संक्रमण देखिसकेको छ । तर बितेको २४ घण्टामा त्यहाँ कसैमा पनि कोरोना संक्रमण नदेखिएको साथै कसैको पनि कोरोनाको कारण नगएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को मुलुक पेरुमा पनि बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान नगएको र संक्रमित पनि नथपिएको तथ्यांकले देखाएको छ । तर हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ५१ पुगेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ३६ हजार ९ सय ७६ जनामा कोरोना संक्रमपण देखिएको छ ।
त्यस्तै आएरल्याण्डमा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यँहा कोरोनाको कारण १ हजार २ सय ३२ जनाको ज्यान गइसकेको र २० हजार ६ सय १२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
जापानमा हालसम्म कोरोनाको कारण ४ सय ३० जना मानिसको ज्यान गइसेको छ । भने १४ हजार ८८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । तर बितेको २४ घण्टामा त्यहाँ कोरोना संक्रमित नथपिएको साथै कसैको पनि कोरोनाको कारण ज्यान नगएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को देश कोलम्बियामा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २ सय ९३ जनाको ज्यान गइसकेको छ । भने हालसम्म ६ हजार ५ सय भन्दा बढी मनिसमा कोरोना संक्रमण फैलिएको छ ।
त्यस्तै घानामा पनि बितेको २४ घण्टामा कोरोना भाइरसको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण १७ जना मानिसको ज्यान गइसकेको छ । भने २ हजार ७४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अर्को मुलुक नाइजेरियामा कोरोनाको कारण हालसम्म ५८ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ १ हजार ९ सय ३२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको असर नदेखिएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया