काठमाडौं । शुक्रबार एकैदिन कोरोनाभाइरसबाट ३६ सय बढीको ज्यान गएको छ । वल्डोमिटरले जनाएअनुसार बितेको २४ घण्टामा ३ हजार ६१६ जनाले ज्यान गुमाएका हुन् ।
यस्तै कुल संक्रमितको संख्या ३३ लाख ६३ हजार ९०३ पुगेको छ भने कुल मृतकको संख्या २ लाख ३७ हजार नाघेको छ ।
भाइरसबाट सबैभन्दा बढी अमेरिकामा ६४ हजार बढीको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म २८ हजार २ सय ३६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म २ लाख ७ हजार ४ सय २८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
भारतमा शुक्रबार एकैदिन कोरोनाका १८० बिरामी थपिएका छन् । योसहित भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ जना पुगेको छ । हालसम्म भारतमा कोरोनाबाट ११ सय ५४ जनाको मृत्यु हुँदा बितको २४ घण्टामा भने कसैको मृत्यु भएको छैन ।
हालसम्म भारतमा ९ हजार ६८ जना निको हुँदा अहिले पनि साढे २५ हजारको उपचार भइरहेको छ । जसमा ६५१ जनाको अवस्था गम्भीर छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर फ्रान्समा बितेको २४ घण्टामा देखिएको छैन् । हालसम्म फ्रान्समा कोरोनाको कारण २४ हजार ३ सय ७६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ६७ हजार १ सय ७८ जना मानिसमा संक्रमण देखिसकेको छ । तर बितेको २४ घण्टामा त्यहाँ कसैमा पनि कोरोना संक्रमण नदेखिएको साथै कसैको पनि कोरोनाको कारण नगएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को मुलुक पेरुमा पनि बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान नगएको र संक्रमित पनि नथपिएको तथ्यांकले देखाएको छ । तर हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ५१ पुगेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ३६ हजार ९ सय ७६ जनामा कोरोना संक्रमपण देखिएको छ ।
त्यस्तै आएरल्याण्डमा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यँहा कोरोनाको कारण १ हजार २ सय ३२ जनाको ज्यान गइसकेको र २० हजार ६ सय १२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
जापानमा हालसम्म कोरोनाको कारण ४ सय ३० जना मानिसको ज्यान गइसेको छ । भने १४ हजार ८८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । तर बितेको २४ घण्टामा त्यहाँ कोरोना संक्रमित नथपिएको साथै कसैको पनि कोरोनाको कारण ज्यान नगएको तथ्यांकले देखाएको छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर २ लाख ३६ हजार ९ सय ८६ जनाको ज्यान गइसकेको छ । भने ३३ लाख ५६ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १० लाख ६७ हजार ६ सय ७० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया