काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पुनः पक्राउ परेका उद्योगी सुलभ अग्रवाल बिहीबार साँझ रिहा भएका छन् । अग्रवाललाई विभागले आवश्यक बयान लिएर तारेखमा छोडेको हो ।
कोरोना भाइरसको बढ्दो संक्रमणका बेला ‘थर्मल गन’को कालोबजारी गरेको अभियोगमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशमा धरौटी बुझाएर छुटेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई पुनः पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गरेको थियो । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अग्रवालका सबै वैध तथा अवैध सम्पत्तिमाथि छानबिन थालिएको जानकारी दिए ।
‘उनी र उनीसँग सम्बन्धित सबै कम्पनी र व्यक्तिमाथि छानबिन थालिएको छ,’ विभागका महानिर्देशक भट्टराईले भने । विभागले बिहीबार नै अनुसन्धान अधिकृत तोकेर अग्रवालमाथिको छानबिन अघि बढाएको जनाएको छ ।
निजी क्षेत्रसँग सम्बन्धित अकुत सम्पत्ति आर्जनको छानबिन सम्पत्ति शुद्धीकरणले विभागले गर्दै आएको छ । सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धानले हेर्ने गरेको छ । यसैगरी, उनीमाथि राजस्व अनुसन्धान विभागले समेत छानबिन गर्नेछ । राजधानी दैनिकम खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया