काठमाडौं । शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सम्पती शुद्धिकरण विभागले तारेखमा छाडेको छ ।
कुटनीतिक गाडीको प्रयोग गरि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा अग्रवाल गत चैत २५ गते पक्राउ परेका थिए ।
बिहीवार नै जिल्ला अदालत काठमाडौंको आदेशमा अग्रवाल २५ लाख ५० हजार धरौटीमा छुटेका थिए । तर उनको सम्पती शुद्धिकरणका लागि प्रहरीले पक्राउ गरि सम्पती शुद्धिकरण विभागमा बुझाएको थियो ।
साथै अग्रवालसँग बयान लिएको र लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया