काठमाडौंका युवामा पीसीआर टेष्टमा कोरोना नेगेटिभ

काठमाडौं – गत मंगलबार आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिएका काठमाडौंको कागेश्वरी मनहरा नगपालिका वडा नं ७ का २१ वर्षिय युवकमा पिसीआर जाँचमा नेगेटिभ देखिएको छ ।

चैत सात गते दुवईबाट आएका ती युवामा आरटीडी परिक्षणमा पोजेटिभ देखिएपछि उनको स्वाब टेष्टका लागि टेकु पठाइएको थियो ।

त्यहाँ गरिएको पिसीआर जाँचमा उनमा कोरोना नभएको पाईएको हो ।

यसअघि प्रकाशित समाचार :

आरडिटी परीक्षणमा काठमाडौंका २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?