काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङबीच छलफल शुरु भएको छ ।
पछिल्लो समय नेपाली राजनीतिमा थप तरङ्ग पैदा भएको छ । यतिबेला प्रधानमन्त्री ओली दलभित्रकै नेताहरुबाट एक्लिएका छन् । ओली निकटका सांसदहरुले बहुतम पुर्याउने खेलमा लागेका छन् । प्रधानमन्त्री ओली संकटमा फसेपछि दुई दिनअघि काठमाडौं आएर सक्रिय भएका सुब्बाले हिजो बुधवार नेताहरुसँग छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा पद छाड्न नहुने गुरुङले बताउँदै आएका छन् ।
बुधवार मात्रै उनले रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता देव गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग बेग्लाबेग्लै छलफल गरेका थिए। साथै उनले यसबीचमा गण्डकी प्रदेशका काठमाडौंमा उपलब्ध नेता तथा सांसदहरुसँग छलफल गरेका स्रोतले जनाएको छ ।
गुरुङ्गलाई ओलीका निकटतम विश्वासपात्र मानिन्छ । अहिलेको संकट समाधानको लागि सुब्बा प्रधानमन्त्री ओलीसँग एक्लै छलफलमा जुटेको स्रोतको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया