अचानक कसरी हुन्छ धेरैमा कोरोना संक्रमण, जानिराखौँ- के भन्छ विज्ञान ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख २८ हजार २ सय ३९ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ३२ लाख २० हजार ८ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म १० लाख ९ सय ८३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वलाई नै आक्रान्त बनाएको यो भाइरसको हालसम्म औषधी पत्ता लागेको छैन् । तर परीक्षणहरु भने वैज्ञानिकहरुले गरिरहेका छन् ।

अत्याधिक चलाख भाइरस

अर्बौ, वर्षको आफ्नो अस्तित्वमा भाइरसले बिना सक्रिय वा जीवित रहेर सुरक्षित रहन सिकिसकेको छ ।

यो एउटा यस्तो भयावह रणनीति हो, भाइरसले आधुनिक मानव सभ्यताको लागि प्रवल खतरा बनाइदिएको छ । साथै भाइरसले संसारका सामाजिक र आर्थिक गतिविधिहरुलाई ठप्प बनाइदिएको छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस एक संरचनात्मक रुपमा हेर्ने हो भने, यो एउटा जेनेटिक तत्वको प्याकेट हो, जसलाई मानिसहरुको कपालका हजारौँ रौँहरुभन्दा पनि धेरै पातलो प्रोटिनको स्पाइकी खोलले ढाकेको छ ।

देख्नमा कोरोना भाइरसमा जीवनका केहि लक्षण दखिँदैन, तर यसले लामो समयसम्म मानव सभ्यताको लागि महामारीको स्वरुप लिन सक्ने देखिन्छ ।

जीवनमा लक्षण छैन भने कसरी बन्छ खतरा ?

यदि कोरोना भाइरस केहि सतह तथा हावामा पाइन्छ भने यसलाई जीवनको भाइरस पनि सम्झिन सकिन्छ । तर जब यो भाइरस मानिसको शरीरमा प्रवेश गर्दछ, तब मानिसहरुको शरीरका बिभिन्न कोशिकाहरुलाई आफ्नो कब्जामा लिन्छ ।

र फेरी कोरोना भाइरसले त्यस्तै कोशिकाहरुको प्रयोग गरेर करोडौँ अन्य कोरोना भाइरसलाई जन्म दिन्छ ।

यो यति धेरै चलाख भाइरस छ कि, यो भाइरस मानिसको शरीरमा कहिले प्रवेश गरेर र हाम्रो शरीरलाई कहिले घर बनाएर बस्दछ यसको बारेमा केहि पत्तो हुँदैन ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा जब सम्म लक्षण रहन्छ, त्यो भन्दा पहिला नै अर्को मानिसको शिकार गर्न नजिकका लाखौँ र करोडौँको संख्यामा आसपासको वातावरणमा फैलिइसकेको हुन्छ ।

अहिले सम्म डरलाग्दो कुरा त के छ भने, कोरोना भारसको औषधी अहिले सम्म बन्न सकेको छैन । यस भाइरसबाट बच्ने अहिलेको लागि औषधी भनेकै संक्रमित व्यक्तिबाट टाढा रहनु नै हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?