काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा पत्रकारलाई भने प्रवेशमा रोक लगाइएको छ ।
बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणको लागि भन्दै बालुवाटार प्रवेशमा रोक लगाइएको स्रोतले जनाएको छ।
अध्यादेश प्रकरणले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको अवस्थामा बसेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया