अष्ट्रेलियामा रहेका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एकजना विद्यार्थीलाई कोरोना संक्रमणको पुष्टी भएको छ । उनी विद्यार्थी भिसामा रहेका पुरुष हुन् । एउटै युनिटमा बस्ने पाँचजना विद्यार्थीमध्ये एकजनामा केही दिनअघि संक्रमण देखिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङले जानकारी दिए ।

शुरुमा एकजनालाई रुघाखोकी र टाउको दुख्न थालेपछि उनीहरु स्वास्थ्य परीक्षण गर्न अस्पताल गएका थिए । स्वास्थ्य परीक्षण गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको भएपनि अन्य चार जनाको रिर्पोट नेगेटिभ आएको हो ।

संयोजक गुरुङले भने, ‘संक्रमण देखिएको दिनदेखि नै उनिहरुलाई नियमीत सम्पर्क गर्ने तथा पौष्टीक खानाहरु उपलब्ध गराउदै आएका छौँ ।’ हाल उनको अवस्था सामान्य छ ।

‘यसअघि संक्रमण देखिएका नेपालीलाई एनआरएनले आफ्नै खर्चमा होटलमा राख्दै आएको थियो, अहिले यहाँको सरकारले नै सवै व्यवस्था गरेको छ ।’ गुरुङले थपे, –‘हामीले ती विद्यार्थीहरुलाई खाली मोरल सपोर्ट मात्र गरेका हौँ ।’

संक्रमीतसँगै अन्य तीन जनालाई होटलमा राखिएको छ भने दुईजना युनिटमै आइसोलेसनमा बसेका छन् । यसअघि कोरोना संक्रमण देखिएका ९ जना नेपाली विद्यार्थी संक्रमणमुक्त भई नियमीत काममा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?