रातिराति प्रधानमन्त्री-प्रधानन्यायाधीश भेट किन ?

काठमाडौँ — बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन । नेकपाभित्र सत्ता किचलो उत्कर्षमा पुगेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोमबार राति प्रधानमन्त्री निवासमा बोलाइएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच रातिको समयमा भेट भए पनि त्यसको एजेन्डा, विषयवस्तु र अन्य विवरण दुवैले खुलाएका छैनन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नेदेखि अदालतमा विचाराधीन विषयवस्तुसम्म भेटघाटका एजेन्डा हुन सक्छन् ।
कान्तिपुर दैनिक लेख्छ-सत्तारुढ नेकपाभित्रको कलह उत्कर्षमा पुगेका बेला रातको समयमा भएको भेटघाटले कतै सर्वोच्च र मातहतका अदालतमा विचाराधीन कतिपय मुद्दालाई प्रधानमन्त्रीले आफूअनुकूल प्रयोग गर्ने मनसाय त राखेका होइनन् भन्ने संशय पैदा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?