कोरोना अपडेट: विश्वभर ५६ हजार भन्दा बढीको अवस्था गम्भीर, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वमा २ लाख १४ हजार १ सय ६ जना मानिसको ज्यान गइसकेको छ । भने. ३१ लाख २ हजार ६ सय ६७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । भने तिनिहरु मध्ये ५६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि ९ लाख ४४ हजार ७१ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म कोभिड १९ को कारण अमेरिकामा ५७ हजार मानिसको ज्यान गइसकेको छ । भने बितेको २४ घण्टामा कोरोनाको कारण ८ सय ४ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १० लाख १९ हजार ८ सय २३ जना मानिसमा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । आज मात्रै अमेरिकामा ९ हजार ४ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विश्वमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित र मृतक रहेको अमेरिकामा १ लाख ३९ हजार ९ सय २७ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने १४ हजार १ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोनाको कारण हालसम्म २३ हजार ८ सय २२ जना मानिसको ज्यान गइसकेको छ । त्यहाँ २ लाख ३२ हजार १ सय २८ जना मानिसमा कोरोना संक्रमित रहेका छन् । ती मध्ये ७ हजार ७ सय भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ । साथै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म अर्काे देश इटालीमा २ लाख १ हजार ५ सय ५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म त्यहाँ १ हजार ८ सय ६३ जना मानिसको अवस्था गम्भीर रहको र कोरोनाको कारण २७ हजार ३ सय ५९ जनाको ज्यान गइसकेको छ । र आज मात्रै कोरोनाको कारण त्यहाँ ३ सय ८२ जनाको ज्यान गएको छ ।
त्यस्तै अर्काे मुलुक फ्रान्समा भने बितेको २४ घण्टामा कोरोनाका बिरामी मृतक देखिएका छैनन् । तर त्यहाँ हालसम्म १ लाख ६५ हजार ८ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने २३ हजार २ सय ९३ जना मानिस कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।

त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म ६ हजार १ सय ७४ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ १ लाख ५९ हजार १ सय ३७ जना मानिसमा कोरोना संक्रमण देखिएको र हालसम्म उपचारपछि १ लाख १७ हजार ४ सय मानिस घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ९ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म २९ हजार ४ सय ५१ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा कोरोनाको थप बिरामी र मृतक थपिएका छैनन् । त्यस्तै हालसम्म भारतमा कोरोना उपचारपछि ७ हजार १ सय ३७ जना मानिस घर फर्किएका छन् ।

त्यस्तै अर्काे देश क्यानडामा कोरोनाको कारण २ हजार ७ सय ६६ जना मानिसको मृत्यु भइसकेको छ । भने ४९ हजार २५ जना मानिस कोरोना संक्रमित रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
अर्काे देश बेल्जियममा हालसम्म कोरोनाको कारण ७ हजार ३ सय ३१ जनाको मृत्यु भइसकेको छ । साथै यो समाचार तयार पार्दासम्म त्यहाँ ४७ हजार ३ सय ३४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने १ सय २४ जना मानिस बितेको २४ घण्टामा कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै बेलायतमा बितेको २४ घण्टामा कोरोनाका कुनैपनि बिरामी नथपिएको र कसैको पनि ज्यान नगएको तथ्यांकले देखाएको छ । साथै हालसम्म त्यहाँ कोरोनाको कारण २१ हजार ९२ जना मानिसको ज्यान गइसकेको र १ लाख ५७ हजार १ सय ४९ जना मानिसमा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?