काठमाडौं । कुटनीतिक गाडी प्रयोग गरि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
उनी शंकर ग्रुपका मालिकसमेत रहेका अग्रवाल गत चैत २५ गते मंगलवार ३ हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई १ वर्ष ६ महिनासम्म कैद र १० लाख जरिमाना माग गर्दै मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्मको कैद सजाय व्यवस्था रहेको तर अग्रवाल सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको कार्यालयले जनाएको छ ।
यो समाचार पढ्नुभएको थियो ?
कुटनीतिक गाडीको दुरुपयोग गरि कालोबजारी गर्ने काउन्सुलर सुलभ अग्रवाल पक्राउ
सुलभ अग्रवाललाई ५ दिन थुनामा राखि अनुसन्धान गरिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया