अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ ।

हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसाबले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको देखिन्छ ।

केन्द्रका सूचना अधिकृत माधवप्रसाद दाहालले देशभरका ३५ प्रतिशत सामुदायिक विद्यालयमा प्रविधि जोडिए पनि १३ प्रतिशत विद्यालयमा मात्र यसको सञ्चालन हुन सकेको बताउनुभयो ।

कतिपय विद्यालयमा कम्प्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन यस वर्ष ६० प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने सरकारी योजना थियो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?