काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सामान्य धरौटीमा छुटाउन भएका अनेकौं प्रयास कमजोर हुँदै गइरहेको छ ।
स्वास्थ्य सामग्री बिक्रीमा कालोबजारी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अग्रवालले हिरासतबाटै सामान्य धरौटीमा फुत्किन अनेक प्रयास जारी राखेका छन् । प्रहरीले अग्रवालविरुद्ध चारवटा मुद्दा लगाउने गरी अनुसन्धान प्रतिवेदन तयार पारेपछि उनलाई धरौटीमा छुटाउने प्रयास कमजोर बन्दै गएको हो । विगतमा नक्कली भ्याट बिल प्रकरणमा पनि उनी मुछिएका थिए ।
हाल उनलाई छुटाउन नेपाल उद्योग परिसंंघ र नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न व्यवसायीले प्रयास गर्दै आएका छन् । उनलाई सांसद् एवं राजनीतिक नेतृत्वले समेत संरक्षण दिँदै आएको स्रोतले जनाएको छ । स्रोतका अनुसार परिसंघका अध्यक्ष सतिष मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू राजेशकुमार अग्रवाल, कृष्णप्रसाद अधिकारी र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायत सुलभलाई छुटाउन लागेका छन् ।
यस्तो संकटको बेला कालोबजारी गरी उद्योगीकै बेइजत गरेका सुलभलाई परिसंघको उपाध्यक्षबाट निलम्बन गरी कारबाहीका लागि सरकारलाई सघाउनुपर्नेमा उद्योग परिसंघका पदाधिकारीहरू नै चोख्याउन खेलमा लाग्नुले उद्योगीहरूको साझा संस्थाको नैतिकताप्रति नै प्रश्न उब्जिएको छ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया