बैतडी । बैतडीको तल्लोस्वराडमा एक किशोरी सोमवार मृतावस्थामा फेला परेकी छन् । शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महर मृत फेला परेकी हुन् ।
शनिवार घरबाटै एक्कासि बेपत्ता भएकी गीता गाउँपालिका–२ स्थित दोगडाखोलामा मृतावस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
उनले भने, “गीताको खोलाले बगाएर अर्थात् के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन ।” घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया