काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ९ हजार १ सय ३२ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख २७ हजार १ सय ९२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै हालसम्म संक्रमितमध्ये ५७ हजार ४ सय ६१ जना मानिसको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म ८ लाख ९५ हजार ६ सय ६८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा ५६ हजार १ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म ९ लाख ९५ हजार २ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज मात्र त्यहाँ ७ सय २६ जना मानिसको कोरोनाको कारण ज्यान गएको र ८ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को मुलुक स्पेनमा कोरोनाको कारण २३ हजार ५ हजार २१ जना मानिसको ज्यान गइसकेको छ । भने आज मात्र त्यहाँ २ हजार ७ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका तथा आज मात्र त्यहाँ ३ सय ३१ जना मानिसको ज्यान गएको तथ्यांकले देखाएको छ । साथै हालसम्म २ लाख २९ हजार ४ सय २२ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म कोरोनाको कारण २६ हजार ९ सय ७७ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ९९ हजार ४ सय १४ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै फ्रान्समा आज नयाँ संक्रमित र बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् । भने यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २२ हजार ८ सय ५६ जना मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ लाख ६२ हजार १ सय जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म ५ हजार ९ सय ८५ जना मानिसको ज्यान गइसकेको र आज मात्रै त्यहाँ ३ सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ५८ हजार १ सय ४२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै आज मात्रै कोरोनाको कारण ९ जना मानिसको ज्यान गइसकेको छ ।
त्यस्तै छिमेकी मुलुक भारतमा कोरोनाको कारण हालसम्म २८ हजार ३ सय ८० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ८ सय ८६ जना मानिस कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै आज मात्रै त्यहाँ ५ जना मानिसको कोरोनाको कारण ज्यान गएको छ । भने ६ हजार ५ सय २३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै बेलायतको कुरा गर्दा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २० हजार ७ सय ३२ जना पुगेको छ । भने हालसम्म त्यहाँ १ लाख ५२ हजार ८ सय ४० जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै इरानमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९६ जना मानिसको ज्यान गइसकेको र हालसम्म ५८ सय ६ जना मानिस कोरोनाको कारण ज्यान गुमाएका छन् । साथै ९१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रसियामा कोरोनाको कारण हालसम्म ७ सय ९४ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ८७ हजार १ सय ४७ जना मानिसमा कोरोना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया