काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ। संक्रमणका हिसाबले यति बेला उदयपुर जिल्ला ज्यादा जोखिममा छ। उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा भाइरस संक्रमितको संख्या हालसम्म कै धेरै छ।
यसैबीच विभिन्न अस्पताल र स्थानीय निकायमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुर र ‘आनी छोयिंग डोल्मा फ़ाउण्डेशन’ काठमाडौँले त्रियुगा नगरपालिकाको लागि आईतबार ४० थान पीपीई किट सेट उपलब्ध गराएको छ।
दुवै संस्थाद्वारा काठमाडौँमा उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काको रोहबरमा त्रियुगा नगरपालिकाका प्रतिनिधिलाइ हस्तान्तरण गरेको हो ।
प्रारम्भ संस्थाका बरिष्ट सल्लाहकार एवंम् कलाकार हरिवंश आचार्य अनि छोयिंग डोल्मा फाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिना तथा एनआरएन अभियन्ता अनुज थापा लगायतले पीपीइ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका बीच लकडाउन र महामारीको प्रभावले सिर्जित प्रतिकुल अवस्थामा उपलब्ध गराइएका सामग्रीको दुरुपयोग नगरी नगर मार्फत स्थानीय स्वास्थ्य संस्थामै पुर्याउन कलाकार हरिबंश आचार्यले आग्रह गरे ।
सहयोग सामग्री ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य डा नारायण खड्काले स्वास्थ्य जस्तो संबेदनशील बिषयमा कुनै लापरवाही नगरी सम्पूर्ण सामग्री सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी समक्ष बुझाईने बताए । ४० थान पीपीइ किट सेटमा पीपीइ ड्रेस, एन ९५ मास्क, गमबुट, फेसशिल्ड, ह्यान्ड सानीटाइजर लगायतका सामग्री छन्।
एनआरएन अभियन्ता अनुज थापा र चण्डिका पोख्रेलको संयोजनमा उपलब्ध गराइएको उक्त सामग्री त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिलाइ बुझाइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले लोकपथलाई बताए ।
यसअघि प्रकाशित :
नेपालमा कोरोना भाइरस अपडेट : ५३ हजार बढीमा कोरोना परीक्षण, रेड जोनमा ३०४ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया