नेपालमा कोरोना भाइरस अपडेट : ५३ हजार बढीमा कोरोना परीक्षण, रेड जोनमा ३०४ जना

काठमाडौं – नेपालमा हालसम्म ५३ हजार बढीमा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईतबार भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म कोरोना परीक्षणको कुल संख्या ५३ हजार ५ सय ३४ रहेको जानकारी दिएका छन् । जसमध्ये पिसिआर विधीमार्फत् १० हजार ४ सय ७१ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ४३ हजार ६३ वटा परीक्षण गरिएको छ ।

गत २४ घण्टामा मात्रै २ हजार १ सय ८४ जनामा कोरोना परीक्षण गरिएको छ ।

आरडिटी विधीमार्फत् प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५ वटा परीक्षण गरिएको छ । प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ जनाको परीक्षण गरिएको छ । त्यस्तै बाग्मती प्रदेशमा ७ हजार ६ सय २६ जनाको आरडिटी जाँच गरिएको छ । गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ जनाको परीक्षण गरिएको छ । प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ जनाको परीक्षण गरिएको छ । कर्णाली प्रदेशमा हालसम्म ५ हजार १ सय २८ जनामा परीक्षण भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ गरी कुल ४३ हजार ६३ जनाको परीक्षण भइसकेको छ ।

हालसम्म २० हजार १ सय ९५ जना क्वारेन्टाईनमा बसेर उपचार गरिरहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ९ सय ५६ जना, प्रदेश २ मा १ हजार ४ सय ८९ जना, बाग्मती प्रदेशमा २ सय ३० जना, गण्डकी प्रदेशमा ५ सय ५४ जना, प्रदेश ५ मा ११ हजार २०२ जना, कर्णाली प्रदेशमा ३ हजार १ सय २५ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ३९ जना क्वारेन्टाईनमा छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा १०६ जना आईसोलेसनमा बसेर उपचार गराइरहेका छन् । तिमध्ये काठमाडौंमा ८ र काठमाडौं बाहिर ९८ जना उपचाररत छन् ।

मन्त्रालयलको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा २ हजार १ सय १९ वटा कल आएको र ति सबै कलको सम्बन्धित चिकीत्सकले प्रश्नहरुको सम्बोधन गरेको प्रवक्ता डाक्टर देवकोटाले बताए । उनले थपे, “मन्त्रालयको वेवपेज र मोबाईल एप्लिकेसनमा स्वमूल्याकंनको लागि हालसम्म २७ हजार ५ सय ४२ जनाले आफ्नो विवरण भर्नुभएको छ । उहाँहरुमध्ये संभावित संक्रमितको सूचीमा कुल ३०४ जना पर्नुभएको छ ।”

गत २४ घण्टामा मात्रै ७४१ वटा विवरण भरेकोमा रेड जोनमा पर्नेको संख्या ८ रहेको छ । संभावित संक्रमितको कल ट्रेसिङ गर्ने तथा फलोअप गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ । तिमध्ये १६ जना निको भएर घर फर्केका छन् भने धनगढीमा १ जना, वीरगंजमा हिजो थपिएका २ सहित ३ जना, भरतपुरमा १ जना, वीराटनगरमा हिजो थपिएका १ जना सहित ३१ जना गरी कुल ३६ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको डाक्टर देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?